बाग्लुङमा युनिटीको ३ करोडको सम्पत्ति, तिर्नुपर्ने साढे ६ करोड

२३ श्रावण २०६९, मंगलवार ०७:२७ मा प्रकाशित

बाग्लुङ, २३ साउन । नेटवर्किङ व्यवसायबाट सर्वसाधारणबाट अर्बौं रुपैयां संकलन गरेका युनिटीका अध्यक्ष काशीप्रसाद गुरुङ पक्राउ परेपछि युनिटी मुद्दा किनारा लाग्ला र आफ्नो फसेको रकम फिर्ता पाइएला भन्ने आशा यहांका युनिटी सदस्यलाई पलाउन थालेको छ । युनिटी व्यवसायका मुख्य योजनाकार फरार भएको हुंदा मुद्दाको किनारा लगाउन समस्या परेको थियो ।
बाग्लुङमा युनिटीको करिब ३ करोड सम्पत्ति भएपनि अवैध भएको घोषणा भएपछि युनिटी सदस्यहरुले नै बागलुङमा सञ्चालित अस्पतालमा ताला लगाएर प्रशासनलाई चाबी बुझाएका थिए । बागलुङमा युनिटीका करिब १० हजार सदस्य रहेको बताइन्छ । यहांका युनिटी सदस्यहरुले उक्त सम्पत्ति बेचेर भए पनि आफूहरुले पाउनु पर्ने रकम माग गर्दै आएका छन् । जिल्ला प्रहरी बागलुङले सवारी वकिलको कार्यालयमार्फत् बागलुङका करिब ५ हजार ९ सय जनालाई ठगी गरेको भन्दै ६ करोड ५४ लाख रुपैयां क्षतिपूर्ति माग गर्दै आदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले ५५ जनालाई सरकारी वकिल कार्यालयमार्फत् सरकारवादी ठगी मुद्दा चलाएको थियो । प्रहरीले मुज्ञा चलाएका मध्ये केही धरौटीमा रिहा भए भने कतिपय अझै फरार छन् ।
युनिटीले बागलुङमा १५ सैयाको अस्पताल सञ्चालन गर्दै आएको थियो । गैरकानूनी भएको भनेपछि सदस्यहरुले अस्पतालमा चाबी लगाएक थिए । उक्त अस्पतालका लागि बागलुङ– स्थित कृष्णबहादुर श्रेष्ठ र सीता श्रेष्ठको नाममा रहेको करिब २७ आना जग्गा कम्पनीले अस्पताललाई खरिद गरेको थियो । युनिटीको अहिले बागलुङमा करिब १ करो ४० लाखमा किनेको दुई भवनसहित करिब २८ आना जग्गा रहेको छ । ३० लाखको लागतमा बन्न लागेको अर्को एक भवनको आधा काम सकिएको पनि युनिटीमा ताला लागेपछि अलपत्र छ । यी सबै सम्पत्ति बेचबिखन गरेर पीडितहरुलाई रकम उपलब्ध गराउनु पर्ने सरोकारवालाहरुको माग रहेका छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको