नेपाललाई दिने अनुदानमा भारतले थप्यो पौने ५ अर्ब

२० असार २०७६, शुक्रबार १९:१४ मा प्रकाशित

काठमाडौँ, २० असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको पहिलो बजेट शुक्रबार भाषण भएको छ । उत्तः बजेटमार्फत भारतले नेपाललाई दिदैं आएको अनुदान ४ अर्ब ८० करोड रुपैयाँले बढाएको छ । लोकसभामा भारतीय अर्थमन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको बजेटमा नेपालका लागि १६ अर्ब ८० करोड नेपाली रुपैयाँ (भारतीय रुपैयाँ १० अर्ब ५० करोड) विनियोजन गरिएको छ ।

गत फेब्रअरीमा मोदी सरकारले घोषणा गरेको अन्तरिम चुनावी बजेटमा नेपालका लागि नेपाली रुपैयाँ १२ अर्ब ८० करोड (भारतीय रुपैयाँ ७ अर्ब ५० करोड) विनियोजन गरेको थियो । छिमेकी देशलाई दिदैं आएको अनुदान धेरै पाउने सूचीमा नेपाल तेस्रो स्थानमा पर्छ ।

भुटानका लागि भारतले सबैभन्दा धेरै २१ अर्ब ३५ करोड भारतीय रुपैयाँ दिने बजेटमा उल्लेख गरेको छ । यस्तै मौरिससलाई १७ अर्ब ६ करोड अनुदान दिने बजेटमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक