६ एसपीको काज सरुवा

२० असार २०७६, शुक्रबार १७:४१ मा प्रकाशित

काठमाडौँ, २० असार । नेपाल प्रहरीका ६ प्रहरी उपरीक्षक (एसपी०) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार उनीहरुको सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाका अनुसार ३ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । उनका अनुसार महोत्तरीमा एसपी श्यामकृष्ण अधिकारी, गोरखामा ओम अधिकारी र बाग्लुङमा नवराज भट्ट खटाइएका छन् ।

हाल महोत्तरीमा कार्यरत एसपी ईश्वर कार्की महानगरीय अपराध अनुसन्धान महाशाखामा ल्याईएको छ । गोरखामा कार्यरत एसपी भोला रावल प्रदेश नं. ६ प्रहरी कार्यालय पठाइएका छन् । बाग्लुङका एसपी कृष्णहरि शर्मालाई प्रहरी प्रधान कार्यालयको मानव अधिकार इकाइको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

आजको प्रमुख समाचार