एसियाली क्रिकेटमा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

२० असार २०७६, शुक्रबार १४:४४ मा प्रकाशित

मलेशिया, २० असार । १९ वर्षमुनिको एसियाली पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेशियामा भर्खरै सम्पन्न खेलमा सिङ्गापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले ५० ओभरमा ४ विकेट गुमाउँदै ३२६ रनको विशाल योगफल तयार पारेको थियो ।

नेपालको विशाल योगफल तयार पार्नमा ओपनिङ ब्याट्सम्यान रित गौतमको अविजित शतक प्रहार गरे । सिङ्गापुर ३९.२ ओभरमा १०९ रन बनाएर अल आउट भयो । यद्धपी सिङ्गापुर समूह उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेको छ ।

सात एसियाली राष्ट्रहरू खेलिरहेको प्रतियोगितामा समूह ए मा नेपालसँगै चीन र सिङ्गापुर छ भने समूह वी मा मलेसिया, हङकङ, भुटान र थाइल्याण्ड छन् । पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो।

नेपालका लागि गौतमले ११५ रनको शतकिय पारी खेले । उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । शतकीय पारी खेल्ने क्रममा गौतमले १० चौका र १ छक्का प्रहार गरेका थिए ।

१९ वर्षको राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका खडक बोहराले ९० रन बनाएका छन् । कुशलले अविजित खेल्दै २३ बलमा ५१ रन जोडेका थिए । आक्रामक देखिएका उनले अन्तिम ओभरमा मात्रै ४ चौका र १ छक्का प्हार गरे ।

नेपालले अब जुलाई ८ मा हुने सेमीफाइनलमा समूह बी को उपविजेता सँग खेल्नेछ । जुलाई ९ मा फाइनल खेल हुनेछ । प्रतियोगिताको विजयी टोली सेप्टेम्बरमा हुने यूथ एसिया कपमा छनौट हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पिएसजीका दुई सुपरस्टारबीच नयाँ विवाद शुरु भएको छ । किलियन एम्बाप्पेले नेइमारमाथि आफुलाई बल पास नदिएको आरोप लगाएका

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलोरले

काठमाडौं । इङ्लिस प्रिमियर लिग (इपिएल)मा टोटनहमले लगातार तेस्रो जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको लण्डण डर्बीमा

काठमाडौं । स्पेनिस ला लिगामा क्याटलन क्लब बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई ३-० गोल

आजको प्रमुख समाचार