सर्जक थापाको मन फाटेपछि…

२३ श्रावण २०६९, मंगलवार ०७:२३ मा प्रकाशित

काठमाडौं, २३ साउन । पदाधिकारीबीच असमझदारी बढ्नुका साथै ठोस काम हुन नसकेको भन्दै नेपाल संगीत रोयल्टी संकलन समाजका अध्यक्ष राजेन्द्र थापाले राजीनामा दिनुभएको छ । तीन महिनाअघि राजधानीमा सम्पन्न समाजको साधारणसभाबाट नेपाली सेनाका पूर्वउपरथी थापा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उक्त साधारणसभामा गीतकार समाज र संगीत निर्देशक समाजले पनि उहांलाई साथ दिएको थियो । निर्वाचनका क्रममा केही सदस्यले तीन महिनामा ठोस उपलब्धि हासिल गर्न नसके राजीनामा गर्ने बताएका थिए । तर कामभन्दा पनि गुटबन्दीको प्रधाव बढ्नुका साथै काम गर्ने वातावरणको अन्त्य हुंदै गएपछि ‘पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालें…यसपाली त मनै फाट्यो, केले टाल्ने…’ लगायतका थुप्रै सदाबहार गीतका सर्जक थापाको राजीनामाको अवस्था आएको बताइन्छ । आफ्नो राजीनामाबारे स्पष्ट पार्न थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘केही सदस्यले तीन महिनामा ठोस उपलब्धि हासिल गर्न नसके राजीनामा दिने भनेका रहेछन्, तर अध्यक्षका हैसियतले मैले नै राजीनामा दिएको हु=== ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी