एक खेल पनि नजिति टुंगियो अफगानिस्तानको विश्वकप यात्रा

२० असार २०७६, शुक्रबार ०९:३७ मा प्रकाशित

लर्ड्स, २० असार । अफगानिस्तान २०१९ को विश्वकपको सबै खेल हार्ने एक मात्र टिम बनेको छ । समुह चरणको अन्तिम खेलमा पनि अफगानिस्तानले हार बेहोरेको हो ।

बिहिबार भएको खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई २३ रनले पराजित गरेको हो । टस जितेर ब्याटिंग गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३११ रन बनाएको थियो । वेस्ट इन्डिजको लागि शाही होपले सर्बाधिक ७७ रन तथा निकोलस पुरण र इविन लुईसले समान ५८ रन बनाए ।

३१२ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको अफगानिस्तान ५० ओभरमा अल आउट हुदै २८८ रन मात्र जोड्न सक्यो । अफगानिस्तानको लागि ईकरम अलि खिलले सर्बाधिक ८६ तथा रेहामत शाहले ६२ रन जोडे ।

सबै खेल हारेपनि अफगानिस्तानले १ लाख डलर अर्थात् १ करोड १० लाख नेपाली रुपैयाँ पाउने छन् । यस विश्वकपमा विजेता टिमले ४ मिलियन डलर प्राप्त गर्नेछ । साथै दोश्रो हुने टिमले २ मिलियन डलर रकम पुरस्कार जित्नेछन् । यसैगरि तेस्रो र चौथो हुने टिमले समान ८ लाख डलर पुरस्कार जित्नेछन् । प्रत्येक लिग चरणको खेल जित्ने टिमले एक जित बराबर ४० हजार डलर रकम प्राप्त गर्नेछ । लिग चरण पार गर्न नसक्ने ६ टिमले समान १ लाख डलर रकम प्राप्त गर्नेछ । सोहि अनुसार अफगानिस्तानले १ लाख डलर पाउने भएको हो ।

आईसीसी विश्वकप २०१९ को फाइनल खेल जुलाई १४ मा लर्ड्स मैदानमा हुनेछ ।

यस्तो छ पुरस्कार राशीः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पिएसजीका दुई सुपरस्टारबीच नयाँ विवाद शुरु भएको छ । किलियन एम्बाप्पेले नेइमारमाथि आफुलाई बल पास नदिएको आरोप लगाएका

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलोरले

काठमाडौं । इङ्लिस प्रिमियर लिग (इपिएल)मा टोटनहमले लगातार तेस्रो जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको लण्डण डर्बीमा

काठमाडौं । स्पेनिस ला लिगामा क्याटलन क्लब बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई ३-० गोल

आजको प्रमुख समाचार