अर्घाखाँचीमा जीप दुर्घटना, तीनको मृत्यु, चार घाइते

२० असार २०७६, शुक्रबार ०२:०४ मा प्रकाशित

अर्घाखाँची, १९ असार । अर्घाखाँची जिल्लाको सन्धिखर्कस्थित खाँची खोलामा बिहीबार बिहान भएको जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

कपिलबस्तु जिल्लाको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिखर्क आउँदै गरेको लु १ ज १३२९ नम्बरको जीप दुर्घटना हुदाँ तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्ट जानकारी दिनुभयो ।

मृत्यु हुनेमा चालक भूमिकास्थान नगरपालिका ३ धारापानीका गाडी धनी सुमन्त भुसालको घटनास्थलमै र मालारानी गाउँपालिका वडा नम्बर–३ बस्ने रुद्रप्रसाद भुसालको उपचारको क्रममा मृत्यु भएको हो । अन्य एक जनाको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा परी बुद्धभूमि नगरपालिका वाड नम्बर–१ कपिलबस्तुकी गोमा खड्का, मालारानी ३ का बेदप्रसाद भुसाल घाईते भएका छन् । दुईजना घाईते महिलाहरुको नाम नखुलेको प्रहरीले जनाएको छ । ब्रेक नलाग्दा उकालोबाट गाडी पछाडि गई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाईतेहरुको बुटवलमा उपचार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे