होन्डुरसमा २७ को मृत्यु

२० असार २०७६, शुक्रबार ०१:५६ मा प्रकाशित

तेगुसिगाल्पा, १९असार, (एएफपी)। होन्डुरसमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

देशको दुर्गम क्षेत्रमा पर्ने मोस्क्वीटीया क्षेत्रमा माछा मार्ने डुङ्गा बुधबार दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार घटनामा परी अरु नौ जना अझै हराइरहेका छन् र उनीहरुको खोजी कार्य जारी रहेको छ ।

सुरक्षा बलका प्रवक्ता जोसे मेजाले घटनास्थलबाट अरु ५५ जना भने जिवितै बाहिर निस्कन सफल भएको जानकारी दिनुभयो ।

डुङ्गामा ९१ जना यात्रु थिए तर डुङ्गाको क्षमता ३१ जना मात्रै बोक्ने रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ कारण देखाउँदै राजीनामा दिनुभएको छ । विदेशी विनिमय सङ्कट

काबुल । अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ । तालिवानका

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटपछि