४७ स्थानमा उपनिर्वाचन गर्दै आयोग, मतदाता नामावली दर्ताको काम सुरु

१९ असार २०७६, बिहीबार १७:३९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १९ असार । निर्वाचन आयोगले रिक्त स्थानीय तहमा उप निर्वाचन गर्ने भएको छ । आयोगले छिट्टै उपनिर्वाचन हुने भन्दै नाम छुटेकाहरुलाई आफ्नो नाम मतदाता नामावलीमा दर्ता गर्न आग्रह गरेको छ ।

आयोगले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा तोकिएका ईलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्तालाई निरन्तरता दिइरहेको जनाएको छ । निर्वाचन घोषणा भईसकेपछि नाम दर्ता गर्न नपाइने व्यबस्था छ ।

हाल विभिन्न कारणले १ प्रतिनिधि सभा सदस्य, ३ प्रदेश सभा सदस्य, स्थानीय तह अन्तर्गत गाउँपालिकाका ४ अध्यक्ष÷उपाध्यक्ष, १ नगरपालिकाका प्रमुख र नगरपालिका तथा गाउँपालिकाका ३८ वडा अध्यक्ष गरी कूल ४७ पदहरू रिक्त छन् । आयोगले यी स्थानमा उपनिर्वाचनको तयारी गरेको हो ।

नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रममा यसै आ.व.मा उपनिर्वाचन सम्पन्न गरिनेछ भनी उल्लेख भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे