चालकबिना नै गुड्यो रेल

२३ श्रावण २०६९, मंगलवार ०६:५७ मा प्रकाशित

जनकपुर, २३ साउन । जनकपुर रेलवेको ७५ वर्षको इतिहासमा मात्र नभई सम्भवत दुनियामै पहिलो घटना हुनुपर्छ, हिजो एक अद्भुत घटना घटेको छ । भारतको जयनगरबाट जनकपुर आउने तयारीमा रहेको जेडईएन ८–३३५ नम्बरको रेल चालकबिना नै २९ किलोमिटर गुडेर सोमबार जयनगर आइपुग्यो । रेल गुडाउने तयारी अवस्थामा राखेर चालक रफिक कवारी चिया पिउन गएको अवस्थामा न्युट्रल गियरमा रहेको रेल अचानक गुडेको थियो । २ दर्जनभन्दा बढी पुलपुलेसा र सातवटा रेल्वे स्टेशन पार गर्दै आइपुगेको चालकविहीन रेल–इञ्जिन कुनै दुर्घटनाविना नै जनकपुर आइपुगेको घटनाले सबैलाई चकित बनाएको छ ।
‘यस्तो घटना कहिल्यै–कतै सुनिएको पनि थिएन आज आफ्नै आंखाले देख्न पाइयो’, रेल्वे कर्मचारी राजेन्द्र कुशवाहाले भने । अन्य दिनमा प्रतिघण्टा १० किमिभन्दा कम गतिमा हिंड्ने रेल झण्डै पचास किमिको रफ्तारमा हुईंकिएको देखेर जताततै हल्लीखल्ली मच्चिएको थियो । त्यसैले अरुबेला २ घण्टाभन्दा बढी समय लाग्ने रेलले करिब ४५ मिनेटमै दूरी पार गरेको थियो । जयनगरबाट बिनाचालक रेल गुडेको खबर मोबाइल फोनमार्फत् प्रत्यक्षदर्शीहरुले एकले अर्कालाई दिएका थिए । रेल जनकपुर आइपुग्दासम्म थुप्रै मानिस स्टेशनमा भेला भइसकेका थिए । ठूलो संख्यमा प्रशासन र प्रहरी बल पनि रेल्वेस्टेशन आइपुगेको थियो । बीच बाटोमै रोक्ने प्रयास असफल भएपछि जनकपुरसम्म सुरक्षित हुन्छ भन्ने सोचेर जनकपुर आउन दिइयो र जनकपुरमा ट्रयाक चेन्ज गरी अनगिन्ती फलाम तेस्र्याएर रेल रोकियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा