वडासदस्यको टाउकोमा गोली प्रहार, नर्भिकमा उपचार हुँदै

१९ असार २०७६, बिहीबार १३:४७ मा प्रकाशित

धादिङ, १९ असार । बेनीघाट रोराङ गाउँपालिका ८ का वडासदस्य रामजी चेपाङमाथि गोली प्रहार भएको छ । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका चेपाङको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भईरहेको छ । गोठीभञ्जयाङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेका बेला उनीमाथि गोली प्रहार भएको परिवारजनले बताएका छन् ।

चितवनको राप्ती नगरपालिका १३ गाम्दाका इन्द्रबहादुर चेपाङले गोली हानेको परिवारको आरोप छ । २ महिनाअघि गाम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने २ जना चेपाङ किशोरीमाथि बलात्कार प्रयास गरेको मुद्दा लागेका इन्द्रले आफूलाई पक्राउ गर्न प्रहरीलाई सघाएको रिसका कारण रामजीमाथि गोली हानेको परिवारजनको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१