सय पर्यटकीय गन्तव्यका लागि ५० करोड छुट्याउने तयारी

१९ असार २०७६, बिहीबार १३:३४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १९ असार । सरकारले घोषणा गरेका १ सय नयाँ पर्यटकीय गन्तव्यमा आगामी वर्ष पनि बजेट विनियोजन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय गन्तव्यमा पर्यटकीय पूर्वाधार निर्माण गर्न ५० करोड रुपैयाँ विनियोजन गर्ने भएको हो ।

चालु आर्थिक वर्षमा सरकारले यी गन्तव्यका लागि ५० लाख रुपैयाँ दिएको थियो । चालु आर्थिक वर्षमा पठाईएको रकम सम्बन्धित स्थानीय तहमार्फत खर्च भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकी योजना तथा मूल्यांकन महाशाखा प्रमुख नीता पोखरेल अर्यालको अनुसार घोषित गन्तव्यमा बजेट अभाव हुन नदिन सरकारले आगामी वर्ष पनि रकम विनियोजन गर्न लागेको हो ।

सिमित गन्तव्यमा केन्द्रित नेपालको पर्यटनलाई बिस्तार गर्ने लक्ष्यका साथ सय गन्तव्य घोषणा गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१