प्रहरी समायोजनको आधार तयार, बढुवा अस्वीकार

१९ असार २०७६, बिहीबार ११:२६ मा प्रकाशित

काठमाडौँ, १९ असार । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी समायोजनको आधार तयार भएको बताएका छन् । बिहीबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक खनालले सैद्धान्तिक टुंगिनासाथ प्रहरी समायोजनको काम सकिने बताए ।

प्रदेशमा आवश्यक जनशक्तिको प्रारम्भिक तथ्यांक तयार भएको र अहिले २६ हजार जनशक्ति प्रदेशमा पठाईएको महानिरीक्षक खनालले जानकारी दिए ।

बैठकमा गृह सचिव प्रेम राईले नेपाल प्रहरीको समायोजनमा तह बढुवा गर्न नसकिने बताए । समायोजन रोज्ने निजामती कर्मचारीको दुई ग्रेड र एक तह वृद्धि गरिएजस्तै प्रहरीमा पनि गर्नुपर्ने माग उठिरहेका बेला गृहसचिव राईले त्यसो गरिए अप्ठेरो पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१