उदयपुर सिमेन्टमा वित्तिय संकटको खतरा, महिना दिनदेखि उत्पादन ठप्प

१९ असार २०७६, बिहीबार १०:१४ मा प्रकाशित

उदयपुर, १९ असार । अघिल्लो वर्ष नाफा कमाएर निकै चर्चा कमाएको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग फेरि पुरानै लयमा फर्किएको छ । उद्योगको मेसिनमा रहेको मोटर समयमै मर्मत नगर्दा उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको छैन ।

उद्योग अहिले नेतृत्व विहीन अवस्थामा छ । उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेल नेपाल आयल निगमको महाप्रबन्धक भएसँगै मुलुककै ठूलो उदयपुर सिमेन्टले नयाँ नेतृत्व पाएको छैन ।

निमित्त महाप्रबन्धक नवलकिशोर साहले पनि मोटर मर्मतको काम गर्न सकेका छैनन् । विद्युत् भोल्टेजमा आएको गडबडीले गत जेठ २० गते ५ सय किलोबाट क्षमताको हाइटेन्सन मोटरमा क्षति पुगेपछि उद्योगको उत्पादन कार्य बन्द भएको हो ।

मोटर मर्मत गर्न बुटवलस्थित नेपाल इन्जिनियरिङ हाइड्रो वर्कसपमा लगिएको छ । मर्मतको काम भने सुरु भएको छैन । उद्योगले हाल स्टकमा रहेको सिमेन्ट बिक्री गरिरहेका कारण वित्तीय संकट भने आइनसकेको जनाएको छ । चालू आर्थिक वर्षको असार मध्यसम्ममा २२ लाख बोरा सिमेन्ट बिक्री भइसको निमित्त महाप्रबन्धक साहले जानकारी दिए । उनका अनुसार अब १ लाख बोरामात्र स्टकमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले स्थगित गर्न माग गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थागित भएकोछ । प्रदेसभाको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा नेपाली कांग्रेसका सांसदले ‘फ्लोर

आजको प्रमुख समाचार