पेरु ४४ बर्षपछि कोपा अमेरिकाको फाइनलमा

१९ असार २०७६, बिहीबार ०९:२० मा प्रकाशित

ब्राजिल, १९ असार । पेरु ४४ बर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन चिलीलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पेरुले फाइनल भिडन्त पक्का गरेको हो ।

पेरुलाई ऐतिहासिक जित दिलाउने क्रममा एडिसन फ्लोरेसले २१औँ र योसिमार योतुनले ३८औँ मिनेटमा गोल गरे । यस्तै इन्जुरी टाइममा जोस पाउओलो गुएरेरोले तेस्रो गोल गरे ।

अब पेरुले उपाधिको लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्ने छ । ब्राजिलले अर्जेन्टिनालाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । ब्राजिलले पनि १२ वर्षपछि फाइनलमा स्थान बनाएको हो ।

उपाधि भीडन्त आइतबार बिहान हुनेछ । समूह चरणमा ब्राजिलले पेरुलाई ५–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।

काठमाडौं । सन् २०२१ को टी-२० विश्वकप यूएइ र ओमानमा जारी छ। विश्वका चर्चित क्रिकेटर सहभागी छन्। हरेक क्रिकेटरको नाम चर्चामा आइरहेको

काठमाडौँ । आइसिसी टि२० विश्वकप २०२१मा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । शारजाहमा मंगलबार राति भएको खेलमा पाकिस्तानले

काठमाडौं । दक्षिण अफ्रीकाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको सुपर १२