भत्ता बुझेर पोसाक नलगाउनेलाई कारबाही हुने

२२ श्रावण २०६९, सोमबार १७:१८ मा प्रकाशित


काठमाडौं, २२ साउन । पोसाक भत्ता लिएर पोसाक नलगाउने राष्ट्रसेवक पदाधिकारी, कर्मचारी एवं शिक्षकलाई कार्यालय प्रवेशमा रोक लगाउन अख्तियारले सचिवहरुलाई निर्देशन दिएको छ। त्यस्ता कर्मचारीलाई जिम्मेवारी नदिनेसम्मको कारबाही गर्नसमेत अख्तियारको आदेशमा भनिएको छ।
अख्तियारका सहसचिव तथा प्रवाक्ता इश्वरी पौडेलले सोमबार जारी गर्नुभएकोप्रेस विज्ञप्तीमा अनेक बहाना बनाई पदाधिकारी र कर्मचारीहरुले कार्यालय छोड्ने प्रवृति बढेकाले यसबाट सेवाग्राही मारमा परेको उल्लेख छ।
निर्धारित पोसाक लगाए नलगाएको विषयमा अनुगमन गर्ने व्यवस्था मिलाउन र पोसाक बापतको भत्ता, सुविधा प्राप्त गरी निर्धारित पोसाक नलगाउने राष्ट्रसेवकलाई कार्यालय प्रवेशमा रोक लगाइ कार्य जिम्मेवारीसमेत नदिनेसम्मको कारबाही गर्ने व्यवस्था मिलाउन नेपाल सरकार मुख्य सचिव लगायत सम्पूर्ण सचिवहरुलाई लेखि पठाउने निर्देश गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्

काठमाडौं । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले विनियोजन विधेयक प्रमाणिकरण गरेकी छन् । संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले