२७ वर्षपछि इंग्ल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा

१९ असार २०७६, बिहीबार ०९:०७ मा प्रकाशित

इंग्ल्यान्ड, १९ असार । इंग्ल्यान्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा न्युजिल्यान्डलाई ११९ रनको फराकलिो अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३०५ रन जोड्यो । इंग्ल्यान्डको लागि जोनी बरिस्टोले शतकीय पारि खेल्दै १०६ रन जोडे भने जेसन रोयले ४० तथा कप्तान मोर्गनले ४२ रन जोडे ।

३०६ रनको विजय लक्ष्य लिएर मैदान उत्रेको न्युजिल्यान्ड ४५ ओभरमा अल आउट हुदै जम्मा १८६ रन मात्र जोड्न सक्यो । न्युजिल्यान्डका लागि टम लथामले सर्बाधिक ५७ तथा रस टेलरले २८ र केन विलियमसंनले २७ रन जोडे । इंग्ल्यान्डको लागि मार्क उडले सर्बाधिक ३ विकेट लिए ।

यो खेलपछि इंग्ल्यान्डको ९ खेलबाट १२ तथा न्युजिल्यान्डको ९ खेलबाट ११ अंक भएको छ । पाकिस्तानको ८ खेलबाट ९ अंक छ । यदि आगामी शुक्रबार हुने खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेमा पाकिस्तानको पनि समान ११ अंक हुने छ । यस हिसाबमा सेमिफाइनलमा पुग्ने चौथो टोली नेट रन रेटको आधारमा छानिने छ ।

हाल पाकिस्तानको भन्दा न्युजिल्यान्डको रन रेट धेरै राम्रो छ । पाकिस्तानले सेमिफाइनलमा पुग्नको लागि बंगलादेशलाई ३ सय १६ रन वा सो भन्दा बढीले पराजित गर्नु पर्ने हुन्छ । त्यस्तो सम्भावना कम नै रहेकोले सेमिफाइनलमा अष्ट्रेलिया, भारत , इंग्ल्यान्ड र न्युजिल्यान्ड खेल्ने निश्चित जस्तै छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति