उच्चस्तरीय भ्रमणका माध्यमबाट नेपाल–चीन पारस्परिक सम्बन्धलाई सुदृढ तुल्याउने प्रतिबद्धता

१९ असार २०७६, बिहीबार ००:५५ मा प्रकाशित

काठमाडौँ, १८ असार । नेपाल र चीनका उच्च अधिकारीले दुई देशबीचको पारस्परिक सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका समकक्षी वाङ यीबीच आज वेइजिङस्थित ग्रेटहल अभ् द पिपलमा भएको द्विपक्षीय भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो ।

नेपाल र चीनको हितमा आधारित विद्यमान साझेदारीयुक्त सम्बन्धलाई उच्चस्तरीय भ्रमण आदानप्रदानका माध्यमबाट पारस्परिक लाभका खतिर थप प्रगाढ तुल्याउन दुवै राष्ट्रका परराष्ट्रमन्त्री सहमत हुनुभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाल र चीनका अधिकारीबीच आपसीहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । आजै मन्त्री ज्ञवालीले बेइजिङमा रहेका नेपाली विद्वत्वर्ग, प्राज्ञ तथा व्यावसायिक व्यक्तित्वहरूसँग उक्त दूतावासमा विदेशमा रहेका नेपालीको सीप र ज्ञान मातृभूमिको विकासका निम्ति उपयोग गर्ने तथा उनीहरूलाई त्यसमा आबद्ध गराउने सरकारको नीतिबारे जानकारी गराउनुभयो ।

उहाँले परराष्ट्र मन्त्रालयमा बौद्धिक ज्ञान केन्द्र स्थापना गरिएको जानकारी दिँदै राष्ट्र निर्माणको महान् अभियानमा सहभागी हुन चीनमा रहेका नेपालीलाई आग्रह पनि गर्नुभयो ।

आजै साँझ मन्त्री ज्ञवाली आफ्नो सम्मानमा नेपाली दूतावासले आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । समारोहमा चीन सरकारका उच्च अधिरी, विद्वत्वर्ग र नेपाली नागरिकको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव