वासिंङटन डीसीमा नेपाल मेलाको तयारी

१ चैत्र २०६८, बुधबार ०९:२८ मा प्रकाशित

वासिंङटन डीसीमा आउने पर्यटकहरुमाझ नेपाल र नेपाली संस्कृतिलाई चिनाउने उद्देश्यअनुरुप आउँदो अप्रिल महिनाको १४ तारिख नीजिस्तरबाट “ग्लोवल नेपाल फेस्ट” नामको कार्यक्रम आयोजना गरिन लागेको छ ।
नेपलिज् समर फेस्ट नामक उक्त कार्यक्रमको आयोजना रिभलुशन प्रोडक्सन र ग्लोबल नेपाल मिडियाको संयुक्त आयोजना हुन लागेको हो ।
वासिंङटन डीसीस्थित पोटोम्याकट नदी किनारको यार्ड पार्कमा गरिन लागेको सो प्रदर्शनी कार्यक्रममा आगन्तुकहरुले नेपाली संगीत, नेपाली खाना, नेपालको पर्यटनसम्बन्धी, हस्तकला जस्ता विषयमा जानकारी पाउने आयोजक संस्था ग्लोबल नेपाल मिडिया म्यानेजिङ डाइरेक्टर सुरेश सापकोटाले नेपाली पोष्टलाई बताएका छन् ।
आयोजक संस्थाले सो कार्यक्रममा वासिंङटन डीसी वरपर रहनुहुने नेपालीहरुलाई समेत खुल्ला निमन्त्रण गर्दै आ-आफ्ना बालबालिका र इष्टमित्रहरुलाई नेपाल चिनाउनका लागि कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
कार्यक्रममा अहिलेसम्म २० वटा नेपाल र नेपालसम्बन्धी जानकारी गराउने स्टलहरु रहने छन् भने त्यसैगरी अन्य चार वटा नाफारहीत स्टलहरु राखिन लागेको जानकारी समेत सापकोटाले नेपाली पोष्टलाई दिएका छन् ।
विहान ११ बजेदेखि ५ बजेसम्म चल्ने सो मेलामा आफूले १ हजारदेखि १५ सयको बीचमा आगन्तुकहरु आउने अपेक्षा आयोजक संस्थाले गरेको छ ।
सोही साँझ नेपाली सांगितक टोली १९७४ एडीको सांगीतिक प्रस्तुति सोही संस्थाको आयोजनामा शुल्कसहित सोहीस्थानमा साँझ ७ बजेदेखि ९:३० बजे रातीसम्म सांगीतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष