‘पुष्पलालदेखि पुष्पकमलसम्म आत्मसमर्पणवादी’ – जनयुद्ध थाल्न नयां पार्टी गठन

२२ श्रावण २०६९, सोमबार १६:०४ मा प्रकाशित


काठमाडौं, साउन २२ । कहिले ठूलो पार्टी फुटेर त कहिले साना दलहरु जोडिएर नयां कम्युनिष्ट पार्टी जन्मिने क्रमलाई निरन्तरता दिंदै नेकपा माओवादी क्रान्तिकारी, नेकपा राष्ट्रवादी र नेपाल जनश्रमिक पार्टीहरुबीच एकीकरण भई नेकपा माओवादी (क्रान्तिकारी) नामक नयाँ पार्टी गठन भएको छ । सोमबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी ‘सामन्ती राज्यसत्ताको अन्त्य गरी सर्वहारा वर्गको अधिनायकत्व हुने जनवादी सरकार स्थापनाको लागि जनयुद्ध थाल्ने तयारीस्वरुप तीनवटा क्रान्तिकारी पार्टी मिलेर नयां पार्टी गठन गरेको’ जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा नवगठित नेकपा माओवादी (क्रान्तिकारी)का अध्यक्ष ‘जनपथ’ले राज्यसत्ता बन्दूकको नालबाट मात्र प्राप्त हुने स्पष्ट पार्दै सामन्तहरुको राज्यसत्तालाई पूर्णरुपमा ध्वस्त पारी नयां जनवादी राज्यव्यवस्था स्थापना गर्ने पार्टीको राजनीतिक लक्ष्य रहेको उद्घोष गरे । नयां पार्टी गठनसंगै आगामी मंसीर १५ देखि २१ गतेसम्म पार्टीको एकता महाधिवेशन गर्ने घोषणा समेत पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
जनपथले सर्वहारा तथा कम्युनिष्टको झण्डा ओढेर विश्वको कम्युनिष्ट आन्दोलनलाई संसदवादी राजनीतिक गराउने प्रचण्ड, बाबुराम, मोहन वैद्य र मातृकाहरु असफल भएको आरोप समेत लगाए । सो अवसरमा संयुक्त क्रान्तिकारी मोर्चा नेपालका अध्यक्ष भुपेन्द्र न्यौपानेले पुष्पलालदेखि पुष्पकमलसम्मका नेताहरु कम्युनिष्ट आन्दोलनमा जडसुत्रवादी र आत्मसमपर्णवादी भएको आरोप लगाउंदै उनले नेपाली जनताको मुक्तिको सम्वाहकको रुपमा नयां पार्टी निर्माण भएको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय