काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष भन्छन्, प्रधानमन्त्री रोजगार कार्यक्रममा देशकै नमूना काम गर्दैछु’

१८ असार २०७६, बुधबार १९:०२ मा प्रकाशित

निरोज कुमा। थापा, काठमाडौँ, १८ असार । प्रधानमन्त्री रोजगार कार्यक्रमको चौतर्फी आलोचना भईरहेको छ । कही कतै काम नभएको, भएका ठाउँमा पनि गाईँ चराउने र झार उखेल्ने मात्रै भएको भन्दै विरोध भईरहेको छ । तर केही यस्ता ठाउँ पनि छन् जहाँ उल्लेख्य काम भएका छन । काम गर्न बजेट अपुग भएपछि स्थानीले खुशीले श्रमदान समेत गरेर आफ्नो गाउँ बनाउन थालेका छन् ।

यसको ज्वलन्त उदाहरण हो सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ को आहाले गाउँ । उक्त गाउँमा २४ घर दलित बस्ती छन । वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गएको बजेटले दलित बस्तीलाई दक्षित गरि सुन्दर सिढीँसहितको बाटो बनाईएको छ ।

नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७६ लाख बजेट पुगेको थियो । नगरप्रमुख खड्ग वहादुर खत्रीका अनुसार नगरभित्रका १४ वटै वडाका लागि ५÷५ लाख रुपैयाँ विनियोजन गरिएको छ । सबै वडामा अहिले काम भईरहेको छ ।

मेयरले यसो भनिरहँदा वडा नम्बर ४ ले भने सामाजिक सञ्जालमा स्याबासी पाईरहेको छ । काम गर्ने जनप्रतिनिधि भएपछि काम हुन्छ र ठेकेदारलाई दिनुभन्दा वडाध्यक्ष मार्फत नै काम गर्दा राम्रो हुने भन्दै प्रशंसा पनि भईरहेको छ ।

वडा नम्बर ४ का वडाध्यक्ष महेन्द्र प्रसाद ढकाल नृपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । उनका अनुसार ५ लाख बजेटले काम पूरा नहुने भएपछि स्थानीले खुशी भएर ३० प्रतिशत श्रमदान समेत गरेका छन् । आगामी असार २५ भित्रमा सिढीँको छेउमा फलामको बार लगाउने र ह्वाइट सिमेन्टले पोतेर चिटिक्कको बनाउने योजना रहेको वडाध्यक्षले सुनाए । सिन्धुली जिल्लाको मात्रै नभएर प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएका देशैभरका स्थानीय तहमध्ये नमूना बनाउने उनको धोको छ ।

आहाले खोलाबाट १५२ मिटर उचाईसम्म दलित बस्ती जाने गोरेटो बाटोमा अब सिँढी बनेको छ । यसले दैनिक आवतजावतमा सहज हुने विश्वास पनि लिईएको छ । दैनिक ४२ जना स्थानीयले काम गरेर यो सिढीँ तयारको अन्तिम चरणमा छ । एक जना मिस्त्रीले दैनिक ११ सय र लेवरले ८०० पाउँछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गत मंगलबार गर्‍याे । अब नयाँ विधेयक दर्ता हुने कानुनमन्त्री गाेविन्द प्रसाद शर्मा (कोइराला)ले

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा हिजो (बिहीबार) भएको पालिका चुनावको मतगणना आज (शुक्रबार) देखि शुरु हुँदैछ । मतगणनाको लागि केहीबेरमा सर्वदलीय

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा