लोकसेवा विज्ञापनबाट १४ करोड राजश्व उठ्यो, कतिले दिए आवेदन ?

१८ असार २०७६, बुधबार १६:३४ मा प्रकाशित

काठमाडौँ, १८ असार । स्थानीय तहमा जागिर खान ४ लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् । मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार खुलातर्फ ४ लाख ३४ हजार ७६४, महिलामा १ लाख ३ हजार ५६७, जनजातिमा ४३ हजार ३२६, मधेशीतर्फ २४ हजार ९०, दलित ३ हजार ९१ र अपाङ्गमा १४६ र पिछडिएका ११६ ले आवेदन दिएका छन् । ५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारी माग गर्दै आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो ।

लोकसेवा आयोगले आवेदकबाट १४ करोड ४ लाख ११ हजार १५० रुपैयाँ राजश्व सङ्कलन गरेको छ । आयोगले स्थानीय तहको कर्मचारीको पदपूर्तिका लागि साउन पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१