आईफा अवार्ड गर्ने निर्णयबाट सरकार पछि हट्यो

१८ असार २०७६, बुधबार १४:०३ मा प्रकाशित

काठमाडौँ, १८ असार । इन्डियन इन्टरनेशनल फिल्म अवार्ड (आईफा) आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी आलाचना भएपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले आइफा अवार्ड यसवर्ष नेपालमा नहुने पुष्टि गरेका छन् । ‘यो वर्ष अब नहुने भयो, केही वर्षपछि पुनः आयोजनाको सम्भावना छ’ जोशीले भने ।

असार ८ गते बसेको मन्त्रिपरिषद बैठकले आईफा अवार्ड नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । अवार्ड गर्न मात्रै नभई सरकारले आर्थिक अनुदान समेत दिने भएको भन्दै आलोचना भएपछि आईफा अवार्ड कार्यक्रम नेपालमा नहुने भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा

काठमाडौं । गत २४ घण्टामा देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान

दाङ । ‘चाउरी परेको अनुहार, मुजा परेका गाला, निराशा अनि मलिन अनुहार दुर्गा खड्काको परिचय हो । दाङको बबई गाउँपालिका