भारतमै अड्कियो मनसुन

१८ असार २०७६, बुधबार १३:२२ मा प्रकाशित

रासस, काठमाडौँ, १८ असार । नेपालमा मनसुन प्रवेशको औपचारिक घोषणा भएको १३ दिन बितिसक्दा मनसुन पूर्ण सक्रिय हुन सकेको छैन । न्यून चापीय रेखा मध्य भारतमै रहेकाले मनसुन कमजोर भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणाली बिस्तारै नेपालसम्म आई पुग्न तीनरचार दिन लाग्ने भएकोले तत्काल भारि बर्षाको सम्भाबना नरहेको जनाइएको छ ।

मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन् तीनरचार दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुन कमजोर अवस्थामा रहेकाले हल्का र क्षणिक वर्षा मात्र भएको बताइएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री र अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज दिपायल, धनगढी, नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ