बाघको जुँगा उखेल्नेलाई पाँच लाख जरिवाना

१८ असार २०७६, बुधबार १२:२६ मा प्रकाशित

रासस, बर्दिया, १८ असार । बाघको जुँगा उखेल्ने एक जनालाई बर्दिया जिल्ला अदालतले पाँच लाख जरिवाना तिराएको छ । बर्दियाको गेरुवा गाउँपालिका ४ शान्तिपुर निवासी सुन्दरलाल चौधरीलाई अदालतले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिराएको हो ।

उनलाई बाघ मारेको आरोपमा समेत पक्राउ गरिएको थियो तर मारेको प्रमाण फेला नपरेपछि जिल्ला अदालतले जुँगा उखेलेर घरमा लुकाएको आरोपमा जरिवाना तिर्न लगाई रिहा गरिदिएको छ ।

बर्दिया जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले उक्त जरिवाना तिराएको हो । फैसलामा अभियुक्त चौधरीले गत पुस २८ गते बाघको जुँगा उखेलेर घरमा लुकाई राखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानूनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको जनाइएको छ । वन्यजन्तु मारेको र अङ्ग ओसारपसारमा संलग्न अभियुक्तलाई पाँचदेखि १५ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक