विश्वकप क्रिकेटमा न्युजील्याण्ड र इंग्ल्यान्ड भिड्दै

१८ असार २०७६, बुधबार १२:१७ मा प्रकाशित

इंग्ल्यान्ड, १८ असार । विश्वकप क्रिकेटमा आज न्युजील्याण्ड र इंग्ल्यान्ड भिड्दै छन् । सेमिफाइनल पुग्ने २ टोलीको टुंगो लागिसकेको छ। भारत र अस्ट्रेलियाले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

आजको खेल जित्ने टोलीले सेमिफाइनलमा स्थान बनाउने छ । तर आजको खेल हार्ने टोलीको पनि सेमिफाइनलमा स्थान बनाउने सम्भावना कायम नै रहन्छ । हाल न्युजील्याण्ड ११ अंक सहित तेस्रो स्थानमा छ भने इंग्ल्यान्ड १० अंक सहित चौथो स्थानमा छ ।  आज न्युजील्याण्डले जिते उसको १३ अंक हुन्छ र इंग्ल्यान्ड १० अंक मै कायम रहन्छ । हाल ९ अंक रहेको पाकिस्तानले अन्तिम खेल बंगलादेशसंग खेल्ने छ  ।  यदि आज इंग्ल्यान्ड हारे र अर्को खेल पाकिस्तानले जितेमा पाकिस्तान सेमिफाइनलमा पुगेर इंग्ल्यान्ड बाहिरिने छ   ।

यदि आज न्युजिल्यान्डले हारे र अर्को खेल पाकिस्तानले जिते दुवै टोलीको समान ११-११ अंक हुनेछ  । न्युजील्याण्डको रन रेट पाकिस्तानको राम्रो भएकोले न्युजिल्यान्ड दोस्रो चरण प्रवेश गर्ने छ  । यदि आज न्युजिल्यान्ड ठुलो अन्तरले पराजित भए मात्र अर्को खेल भारि अन्तरले जित्दै पाकिस्तान सेमिफाइनल जान सक्छ  ।

आज इंग्ल्यान्डले जितेमा, अर्को खेल पाकिस्तानले हारेमा र श्रीलंकाले आफ्नो अन्तिम खेल जितेमा इंग्ल्यान्ड र श्रीलंकाको समान १०-१० अंक हुनेछ  । तर नेट रन रेट इंग्ल्यान्डको राम्रो भएकोले इंग्ल्यान्ड दोस्रो चरण पुग्ने छ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।

काठमाडौं । सन् २०२१ को टी-२० विश्वकप यूएइ र ओमानमा जारी छ। विश्वका चर्चित क्रिकेटर सहभागी छन्। हरेक क्रिकेटरको नाम चर्चामा आइरहेको

काठमाडौँ । आइसिसी टि२० विश्वकप २०२१मा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । शारजाहमा मंगलबार राति भएको खेलमा पाकिस्तानले

काठमाडौं । दक्षिण अफ्रीकाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको सुपर १२