९ नम्बर ल्याएका व्यक्तिको ६९ कसरी ? रजिष्ट्रार भन्छन्, ‘व्यक्तिगत त्रुटी’

१७ असार २०७६, मंगलवार १७:३६ मा प्रकाशित

काठमाडौँ, १७ असार । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले ९ नम्बर ल्याएकालाई अगाडी ६ थपेर ६९ बनाईएको समाचारको खण्डन गरेका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा रजिष्ट्रार उप्रेतीले परीक्षा नतिजा सम्बन्धी त्रुटी संस्थागत नभई व्यक्तिगत भएको दाबी गरेका छन् ।

उनले मार्कस्लिपबाट मार्क लेजरमा नम्बर चढाउदा व्यक्तिको त्रुटीका कारण ९ हुनुपर्नेमा ६९ भएको स्पष्ट पारे । यसरी त्रुटीका कारण अंक पाएका सुरेन्द्र कोइरालाले गोल्डमेडल नपाएको उप्रेतीको दाबी छ ।

समिति सदस्य गजेन्द्र बहादुर महतले त्रिविको लापरवाही र त्रुटीको जिम्मेवारी सरकारले पनि लिनुपर्ने भएकाले गम्भीर बन्न रजिष्ट्रारको ध्यानाकर्षण गराए । समिति सभापति जयपुरी घर्तीले नियतले नभई कर्मचारीले त्रुटी गरेको भनेर उम्कने अवस्था नभएको भन्दै परीक्षा र नतिजा प्रणालीमा देखिएका गम्भीर त्रुटी रोक्ने तर्फ गम्भीर बन्न आग्रह गरिन् ।

९ अंक ल्याएका सुरेन्द्र कोइरालालाई अगाडि ६ थपेर ६९ पुर्याएको समाचार बाहिर आएपछि समितिले त्यसबारे छलफल गर्न रजिष्ट्रार र उपकुलपति तीर्थराज खनियालाई समितिमा बोलाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८