गृहका प्रवक्ताको हस्ताक्षर किर्ते गरी ठग्न खोज्ने पक्राउ

१७ असार २०७६, मंगलवार १६:२४ मा प्रकाशित

काठमाडौँ, १७ असार । गृह मन्त्रालयको नक्कली लेटर प्याड बनाएर १ अर्ब ८ करोड ७६ लाख ठगी गर्न खोज्ने एक दम्पत्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा निजगढका ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८ वर्षीय राजनकुमार थापा छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले उनीहरुलाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको नक्कली हस्ताक्षर सहितको कागजात बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त कागजातमा ‘नेपाल सरकारको कारण लक्ष्मी अधिकारीको बुबाको मृत्यु भएको र क्षतिपूर्ति स्वरूप ९५ करोड दिने निर्णय भएको साथै थप ८ करोड ७६ लाख समेत दिनू’ भनी लेखिएको छ ।

प्रहरीले उनीहरुबाट विभिन्न बैंकका चेक, राहदानीहरु र नगद ४२ हजार २ सय १० रुपैयाँ समेत बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी