अमेरिका जाने नेपालीको भिसा शुल्क घट्यो

१७ असार २०७६, मंगलवार १४:०८ मा प्रकाशित

काठमाडौँ, १७ असार । नेपालबाट अध्ययनका लागि अमेरिका जाने विद्यार्थीको भिसा शुल्क घटेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले भिषा शुल्क घटाएको जानकारी दिएको हो । दुतावासले नेपाली विद्यार्थीसँग ‘भिसा पारस्परिकता इस्युएन्स’ शीर्षकमा लिदै आएको २ सय अमेरिकी डलर अर्थात २२ हजार १४६ रुपैयाँ छुट दिने निर्णय गरेको हो ।

दूतावासको यो निर्णय जुलाई १ देखि लागू भएको छ । ‘१ जुलाई २०१९ देखि अमेरिका अध्ययन भिसा पाउने सबै नेपाली विद्यार्थीहरुले २०० डलर भिसा पारिस्परिकता इस्युएन्स शुल्क तिर्नुपर्ने छैन’, दूतावासले भनेको छ, ‘आवेदन तथा सेभिस शुल्क चाहिँ लाग्नेछ ।’ अब अमेरिका जाने नेपाली विद्यार्थीको भिसा शुल्क ५० प्रतिशतले कमी हुनेछ ।

यसअघि अमेरिका पढ्न जाने नेपाली विद्यार्थीले दूतावासले ३६० अमेरिकी डलर शुल्क लिदै आएको थियो । यसमा १६० भिषा शुल्क र विद्यार्थीका लागि थप २०० डलर थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी