
निरोज कुमार थापा, काठमाडौँ, १७ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधि मार्फत हुने वित्तीय कारोबारमा आफूलाई विश्वास नलाग्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डले आयोजना गरेको अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलनको उद्घाटन गर्दै मन्त्री खतिवडाले नेपालमा पाँच प्रकारका वित्तीय संस्था भए पनि नेपाली जनतामा सबै उस्तै हुन् भन्ने अवस्था रहेको बताए ।
‘म जस्तो व्यक्तिलाई त प्रविधि मार्फत गरिने कारोबारप्रति आत्मबिश्वास छैन, अरुको के होला’ खतिवडाले भने ‘नेपालमा पर्याप्त वित्तीय साक्षरता नभएका कारणले त्यसमा काम गर्नु पर्ने अवस्था छ ।
पूँजीबजारलाई लिएर नेपालमै पहिलो पटक आयोजना भएको अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन आजदेखि सुरु भएको हो । सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, काजकिस्तान, सिंगापुर, थाइल्यान्ड, भुटान, चीन र भारत लगायत देशका साथै सम्बद्ध अन्य संस्थाको पनि सहभागिता छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु
पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से