एलपी ग्यास बिक्री ठप्प पार्ने उद्घोष

२२ श्रावण २०६९, सोमबार १४:५४ मा प्रकाशित


काठमाडौं, २२ साउन । एलपी ग्यासमा आफूहरुले पाउने कमिसनमा बृद्धि लगायतका १६ बुँदे माग अगाडि सार्दै ग्यासमा उद्योगीले आगामी ३१ गतेदेखि खाना पकाउने एलपी ग्यासको विक्रीवितरण ठप्प पार्नेसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा एलपी ग्यास उद्योग संघका उपाध्यक्ष शिवप्रसाद घिमिरले आफूहरुको आवाजलाई आयल निगम र सरकारले बेवास्ता गरेकोले आन्दोलनमा जान बाध्य भएको बताए ।
संघले भोली साउन २३ मंगलबारदेखि पिडिओ खरिद नगर्ने, २४ गतेदेखि भारतबाट ग्यास लोड नगर्ने, २५ गतेदेखि भन्सारबाट ग्यास नछुटाउने र ३१ गतेदेखि माग पूरा नभएसम्म बिक्रीवितरण ठप्प पार्ने गरी आन्दोलन गर्ने निर्णय गरेको छ । माग पूरा गराउन संघले सम्बन्धीत निकायसंग छलफल गर्न शिवप्रसाद घिमिरेको संयोजकत्वमा कुशप्रसाद मल्ली, विजयहरि शर्मा, सावरमल अग्रवाल, डा. मणिकरत्न तुलाधर, राजेन्द्र डल्लाकोटी र धर्मराज बर्तौला सदस्य रहेको सात सदस्यीय वार्ता टोली गठन गरेको छ ।
उद्योगी, डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च तत्काल बृद्धि गर्नुपर्ने, उपभोक्ता र ब्यवसायीका लागी भनि सरकारले ब्यवस्था गरेको दुई किसिमका सिलिण्डर प्रचलनमा ल्याउने निर्णय अब्यवहारिक भएकोले तत्काल खारेज गर्नुपर्ने, नयां ग्यास उद्योग स्थापना गर्दा संंघको स्विकृति लिनुपर्ने, संघको सिफारिसमा ग्यासको कोटा निर्धारण गर्नुपर्ने र सरकारी निकायसहितका विभिन्न क्षेत्रलाई ग्यास उद्योग स्थापना गर्ने योजना तत्काल खारेज गर्नुपर्ने लगायतका १६ बुंदे माग संघले अगाडि सारेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । चुनावी सभालाई सम्बोधन गर्न गत ६ वैशाखमा गोरखा आइपुगेका जसपाका संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशका ७५३ स्थानीय

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

आजको प्रमुख समाचार