चलचित्र विकास कम्पनीको २७ रोपनी जग्गा गायब

१७ असार २०७६, मंगलवार १२:३१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १७ असार । चलचित्र विकास कम्पनीको नाममा रहेको २७ रोपनी जग्गा गायब भएको छ । राजधानीको बालनजुस्थित उक्त कम्पनीको नाममा रहेको २७ रोपनी जग्गा अहिले गायब छ । कसले कसरी प्रयोग गरिरहेको छ भन्ने कसैलाई थाहा छैन ।

चलचित्र विकास बोर्डको बार्षिक उत्सवमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले उक्त जग्गाको विषयमा प्रश्न तेस्र्याएपछि सबैले मुखामुख मात्र गरे । तर मन्त्री बास्कोटाले जग्गा खानेलाई पानीमुनि गए पनि नछाड्ने चेतावनी भने दिएका छन् । ‘बालाजुको जग्गा खोई ? जग्गा खानेलाई पानीमुनि गए पनि छाड्दिनँ । चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि सरकारले दिएको जग्गा व्यक्तिले मोजमस्ती गरेर उडाउने, अनि मन्त्री बोल्दा तानाशाही भयो भन्न पाइन्छ ?’ बास्कोटाले प्रश्न गरे ।

मन्त्री बाँस्कोटाले फेरि प्रश्न गरे, ‘त्यो जग्गा खोई ? त्यो जग्गा कसले खायो ? त्यो जग्गा खानेलाई कारवाही गर्ने कि नगर्ने ?’ तर यो प्रश्न सुनेपछि सबै गम्भीर मुद्रामा देखिए । कसैले केही बोलेनन् । सबै एकअर्कामा मुखाुमुख मात्रै गरेर बसिरहे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ