विश्वकप क्रिकेटः भारत र बंगलादेश भिड्दै

१७ असार २०७६, मंगलवार १२:२२ मा प्रकाशित

इंग्ल्याण्ड, १७ असार । आईसीसी विश्वकप क्रिकेट मा मंगलबार भारत र बंगलादेश भिड्दैछन् । खेल इंग्ल्याण्डको एजबेस्टन क्रिकेट मैदानमा नेपाली समयअनुसार ३ः१५ बजे सुरु हुनेछ ।

यसअघि भारतले आयोजक इंग्ल्याण्डसँग हार बेहोरेको थियो । सेमिफाइनलमा प्रवेश गर्न भारतलाई अब मात्र एक अंक आवश्यक पर्छ । आजको खेलमा जीत हात पारेमा भारत सेमिफाइनलमा पुग्छ । तर आज बंगलादेशसँग म्याच गुमाए भारतले यसपछि श्रीलंकासँग जित्नैपर्ने हुन्छ ।

आजको खेल बंगलादेशले जितेमा सेमिफाइनलको आशा जीवितै हुनेछ ।

भारतः विराट कोहली (कप्तान), जसप्रीत बुमराह, युजवेंद्र चहल, ऋषभ पंत, महेन्द्रसिंह धोनी (विकेटकीपर), रवीन्द्र जडेजा, केदार जाधव, दिनेश कार्तिक, हार्दिक पांड्या, लोकेश राहुल, मोहम्मद शमी, रोहित शर्मा, कुलदीप यादव ।

बंगलादेशः मशरफे मुर्तजा (कप्तान), तमीम इकबाल, सौम्य सरकार, शब्बीर रहमान, रुबेल हुसैन, मुस्ताफिजुर रहमान, अबु जायेद, महमूदुल्ला, मोहम्मद सैफुद्दीन, मोसद्दक हुसैन, शाकिब अल हसन, मेहदी हसन, लिटन दास (विकेटकीपर), मुश्फीकुर रहीम, मोहम्मद मिथुन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । बुधबार साफ