कोपा अमेरिकाः पहिलो सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्दै

१७ असार २०७६, मंगलवार १०:४५ मा प्रकाशित

ब्राजिल, १७ असार । कोपा अमेरिका फुटबल प्रतियोगीताको सेमिफाइनलका खेल आजबाट सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । दुवै टिमलाई उपाधि दावेदारका रुपमा हेरिएको छ ।

स्टार नेमार बिना नै मैदान उत्रन लागेको घरेलु टिम ब्राजिललाई अजेन्टिनालाई रोक्न निकै कसरत गर्नुपर्ने देखिन्छ । आजको खेलमा सबैको नजर अर्जेन्टिनी स्टार मेस्सीतिरै हुनेछ ।

अर्जेन्टिना अर्जेन्टिनाले भेनेजुएलालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो भने ब्राजिलले टाईब्रेकरमा पाराग्वेलाई ४–३ ले हराउँदै सेमिफाईनल यात्रा तय गरेको हो । अर्जेन्टिना र ब्राजिलबीचको खेल स्थानीय समयअनुसार बिहान ६ः१५ देखि सुरु हुँदैछ ।

जुलाई ३ मा हुने दोस्रो सेमिफाईनलमा चिली र पेरुबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । बुधबार साफ