सिनामङ्गलमा सवारी दुर्घटनाः १७ जना घाइते, २ को अवस्था चिन्ताजनक

१७ असार २०७६, मंगलवार १०:०८ मा प्रकाशित

काठमाडौँ, १७ असार । काठमाडौँको सिनामङ्गलमा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । मंगलबार गौशालाबाट कोटेश्वर जाँदै गरेको बा ५ ख ५१०० नम्बरको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा १ ज ९७६६ नम्बरको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविराज पौडेलले जानकारी दिए । घाइतेको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा १३ पुरुष र चार महिला छन् । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ