संखुवासभा भिडन्तबारे विप्लव समुहको यस्तो प्रतिक्रिया

१७ असार २०७६, मंगलवार ०९:१० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १७ असार । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहले सरकारले आफुहरुमाथि दमन गरेको आरोप लगाएको छ । सोमबार संखुवासभामा भएको मुठभेडबारे प्रतिक्रिया दिँदै विप्लव समूहले शान्तिपूर्ण कार्यक्रमको लागि बसेको बेला आफ्ना कार्यकर्तामाथि सरकारले दमन गरेको आरोप लगाएको हो ।

समुहका प्रबक्ता प्रकाण्डले विज्ञप्ती नै निकालेर अब आइन्दा आफूहरुमाथिको दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

सोमबार संखुवासभाको सिलिचुङ्गमा सरकारी फौज र विप्लव समूहबीच भिडन्त भएको थियो । दुवै पक्ष हतियारसहित भेट भएकाले फायरिङ भएको जिल्ला प्रशासन कार्यालय शंखुवासभाले जनाएको छ । बिहान ९ बजेतिर शसस्त्र प्रहरी र नेपाल प्रहरीको गस्तीमा रहेको १९ जनाको टोलीमाथि विप्लवका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फाइरिङ गरेको शंखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१