भरतपुरमा मतपत्र च्यात्ने दुई जनालाई १/१ लाख जरिवाना

१७ असार २०७६, मंगलवार ०९:०३ मा प्रकाशित

भरतपुर, १७ असार । स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मत गणना भएरहँदा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनालाई एक/एक लाख जरिवाना गरिएको छ ।

जिल्ला अदालत चितवनले मतपत्र च्यात्ने द्रोण शिवाकोटी र मधु न्यौपानेलाई जरिवान सजाय तोकेको हो । अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मतपत्र च्यात्ने मुख्य अभियुक्तलाई सो सजाय सुनाएको हो । अदालतले गत जेठ ३० गते उनीहरुलाई दोषी ठहर गरिएकामा सोमबार सजाय सुनाएको हो ।

तत्कालीन समयमा महानगरको निर्वाचनमा प्रमुख पदमा प्रतिस्पर्धी रेनु दाहाल र देवी ज्ञवालीबीच मतान्तरको विषयमा दाहाल पक्षका मत गणनामा सलंग्न उनीहरुले मतपत्र च्यातेका जनाइएको थियो । महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा विसं २०७४ जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएका थिए ।

मतपत्र च्यातिएपछि भरतपुर–१९ मा पुनः साउन २० गते मतदान भएको थियो । सो निर्वाचनमा काङ्ग्रेस र तत्कालीन माओवादी केन्द्र गठबन्धनका उम्मेदवार दाहालले तत्कालीन एमाले उम्मेदवार ज्ञवालीलाई २०३ मतले हराएर प्रमुखमा निर्वाचित भएकी थिइन् । मतगणनाका क्रममा मतपत्र च्यात्ने शिवाकोटी र न्यौपानेलाई तत्कालीन समयमा एक/एक लाख धरौटीमा अदालतले रिहा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।