नेपाली समाज टेक्सासले समर क्याम्प आयोजना गर्ने

१७ असार २०७६, मंगलवार ०२:०६ मा प्रकाशित

टेक्सास । नेपाली समाज टेक्सासले जुलाई १४ देखि समर क्याम्प आयोजना गर्ने भएको छ । यसैगरी समाजले स्मारिका समेत प्रकाशन गर्ने भएको छ । आइतवार समाजले पत्रकार सम्मेलन गर्दै कक्षा १ देखि ८ सम्म अध्ययनरत् बालबालिकाको सहभागिता समर क्याम्पमा रहने जानकारी गराईयो ।
स्वामी चिन्तामणी योगीले सहजीकरण गर्ने समर क्याम्पमा बालबालिकाहरुलाई पूर्वीय दर्शन, धर्म, संस्कृति र संस्कारका बारेमा व्यवहारिक शिक्ष्ाँ प्रदान गरिने बताइयो ।
समाजले नेपाली पाठशाला समेत लामो समयदेखि संचालन गर्दै आएको छ । यसैगरी समाजले स्थापनादेखि अहिलेसम्म भएका गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने जनाएको छ । यस्तैं, समाजले आफ्नो निम्ति सामुदायिक भवन बनाउने समेत जनाउदैं आजिवन सदस्य वितरणको कामलाई समेत तिव्र पारिने बताएको छ ।
पत्रकार सम्मेलनमा समाजका अध्यक्ष सुमन थापा, महासचिव भक्त भण्डारी, पूर्व महासचिव विजयराज भट्टराई, नेपाली पाठशालाका संयोजक भोज वहादुर बलायर लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी पूर्व विदेश मन्त्री कोलिन पावेलको कोरोनाबाट निधन भएको छ । अमेरिकामा अक्टोवर १८ तारिकका दिन ८४ बर्षको उमेरमा उन्को

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको

वासिङटन । अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताई र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच वासिङ्टनले आफूमाथि अन्याय मानेका चिनियाँ व्यावसायिक अभ्यासबारे छलफल

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुने भएको छ । दुई देशका नेताबीच यसै