पवित्र धार्मिक स्थल अमरनाथ यात्रा शुरु

१७ असार २०७६, मंगलवार ०१:५२ मा प्रकाशित

जम्मु काश्मिर, १६ असार (एएनआई)। भारतको जम्मु काश्मिरमा रहेको हिन्दुहरुको पवित्र अमरनाथको दर्शनका लागि सोमबार बिहान पहिलो धार्मिक तिर्थयात्रीको टोली बल्तालबाट त्यसतर्फ प्रस्थान गरेको छ । वर्षमा एक पटक आयोजना गरिने यो तिर्थयात्रा करिब ४६ दिनको हुनेछ ।
अमरनाथ यात्राका लागि यस पटक पनि कडा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
जम्मु काश्मिरका गभर्नर सत्यपाल मलिकका सल्लाहकार के के शर्माले विधिपूर्वक पूजाआजा गरी तिर्थयात्रीलाई बिदाई गर्नुभएको थियो ।
त्यस अवसरमा शर्माले पत्रकारहरुसँग कुरा गर्दै भारत सरकारका तर्फबाट आफूहरुले पहलगाम र बल्तालको भ्रमण गरेको र सबै तिर्थयात्रीको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
तिर्थयात्रीहरुलाई उधमपुरको टिक्रीका स्थानीयबासीले स्वागत पनि गरेका थिए । गभर्नर मलिकले हिन्दु तिर्थयात्रीको यात्रालाई शान्तिपूर्ण बनाउन स्थानीय मुस्लिम समुदायले गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।
समुद्र सतहबाट करिब तीन हजार ८८८ मिटर अग्लो स्थानमा रहेको अमरनाथ गुफा हिन्दु धर्मावलम्बीका लागि ज्यादै महत्वपूर्ण धार्मिक स्थल हो ।
अमरनाथ यात्रा हरेक वर्ष श्रावणी मेलाका अवसरमा आयोजना गरिन्छ । वर्षका अधिकांश समय हिउँले ढाक्ने अमरनाथमा यो यात्रा जुलाईमा आरम्भ भएर अगष्टमा समाप्त हुन्छ । यो यात्रा अनन्तनाग जिल्लाको ३६ किलोमिटर पहलगाम राजमार्ग तथा गन्डेरवाला जिल्लामा बल्ताल सडक खण्डमा १४ किलोमिटर हुने गर्दछ ।
यस यात्रामा हरेक वर्ष लाखौं श्रद्धालु सहभागी हुने गर्दछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

इटालीको नयाँ राष्ट्रिय एयरलाइन्स, आईटीए एयरवेजले गत हप्ता आफ्नो पहिलो उडान भ¥यो । तर, ग्राउन्डमा भने समस्या देखिएको छ ।

चीनले ताइवान मामिलामा कुनै पनि सम्झौता या छुट दिने कुनै ठाउँ नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि

उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् । भारतले एक

आजको प्रमुख समाचार