संखुवासभा गोली काण्ड अपडेटः तीन कार्यकर्ता हराएको विप्लवको दाबी

१६ असार २०७६, सोमबार १८:४८ मा प्रकाशित

संखुवासभा, १६ असार । संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरीसँगको दोहोरो गोली हानाहानका क्रममा नेत्रविक्रम चन्द विप्लव समूहका तीन कार्यकर्ता बेपत्ता भएको खुलेको छ । विप्लवले आफ्ना तीनजना कार्यकर्ता बेपत्ता भएको दाबी गरेको छ । तर प्रहरीले भने घटनास्थल भन्दा अलिक टाढाबाट एक जनालाई पक्राउ गरिएको जनाएको छ ।

गोली चलेको भएपनि सुरक्षा निकायले भने अहिलेसम्म हताहतीको जानकारी दिएको छैन । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले नियमित गस्तीमा गएको प्रहरी टोलीसँग जम्काभेट भएपछि विप्लव समूहबाटै गोली चलाइएको दाबी गरेका छन् । गोली हानाहानपछि आकास्मिक रुपमा बसेको जिल्ला सुरक्षा समितिको बैठकको सूचना पनि प्रशासनले दिएको छैन । मौसम पनि खराब भएकाले पर्याप्त सञ्चार नभएका कारण सूचना आउन नसकेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपालीहरूको महान चाड दसैँ जारी छ । यस वर्ष विजयादशमी २९ असोजमा परेको छ । यसपालिको दसैँमा नेपालका

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।