पेट्रोलियम पदार्थको ढुवानी रोक्ने व्यवसायीको चेतावनी

१६ असार २०७६, सोमबार १७:०४ मा प्रकाशित

काठमाडौँ, १६ असार । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले साउन १ गतेदेखि पेट्रोलियम पदार्थ ढुवानी रोक्ने चेतावनी दिएको छ । महासंघको केन्द्रीय कार्यसमिति बैठकले पाँच बुँदे माग राख्दै एक वर्ष अझै ट्याङ्करहरु भ्याटमा दर्ता हुन नसक्ने भनेको छ । यदि यो माग पूरा नगरे ढुवानी रोक्ने महासंघको चेतावनी छ ।

महासंघले अधिकांश ट्याङ्करहरु ऋणमा रहेको भन्दै ऋण फुकुवा गरिदिन आग्रह गरेको छ ।

महासंघले ट्याङ्कर भ्याटमा जान हाल सञ्चालनमा रहेका ट्याङ्करहरुको ह्रास कट्टी मूल्य तय हुनु पर्ने र हाल भ्याटमा दर्ता नभएका गाडीहरु दर्तापश्चात बिक्री गर्दा भ्याट नलाग्ने व्यवस्था गरिनुपर्ने माग राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर