‘प्रधानमन्त्रीको अभिव्यक्ति सत्य हो भने तत्काल कुर्सी छोड्नुपर्छ’

२२ श्रावण २०६९, सोमबार १४:२३ मा प्रकाशित

काठमाडौ, २२ साउन । नेपाली काग्रेसका सभापति सुशील कोइरालाले काग्रेसको नेतृत्वमा सहमतिको सरकार बनेपछि संविधानसभा वा संसदीयमध्ये जुनसुकै निर्वाचनमा पनि जान तयार रहेको बताएका छन् । आज आफ्नै निवास महाराजगञ्जमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले भने– ‘संविधानसभाको वा संसद केको निर्वाचन गर्ने भन्नेकुरा सहमतिको सरकार नबनी टुङगिदैन । अर्को कुरा संविधानसभाको पुनःस्थापना गर्नु हुँदैन भनेर हाम्रा जिल्ला सभापतिहरुको स्ट्रङ म्याण्डेड आएको छ, सहमतिको सरकार बने त्यसमा पनि छलफल गर्न सकिन्छ । काग्रेसको नेतृत्वमा सहमतिको सरकार नबनेसम्म मुलुकले निकासचाहिं पाउंदैन ।’
अहिले दलहरुवीच विश्वासको संकट उत्पन्न हुनुको मुल कारण सहमतिविना सरकारले निर्वाचनको घोषणा गर्नु नै हो भन्दै कोइरालाले दलहरुबीचको सहमतिको वातावरण जेठ १४ गते सरकारले गरेको एकांकी निर्णयले नै बिगारेको आरोप लगाए । प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार कायम रहेसम्म दलहरुवीच सहमति बन्न नसक्ने घोषणा गर्दै कोइरालाले प्रधानमन्त्रीलाई हटाउन राष्ट्रपतिबाट संवैधानिक, आन्दोलन र वार्ता तीनै मोर्चाबाट काग्रेस अगाडि बढ्ने स्पष्ट पारे । उनले भने– ‘हामीले हतियारको लडाई नलड्ने भएकोले नै तीनै विकल्पबाट सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी गरेका छौं ।’

नेपालको हरेक निर्णय विदेशीको इशारमा हुने गरेको र आफूले केही गर्न नसकेको भनि प्रधानमन्त्रीले हालै सन्चारकर्मीहरुसँग दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको उल्लेख गर्दै प्रधानमन्त्रीको कथन सत्य भए उनलाई एक मिनेट पनि पदमा बस्ने नैतिकता नभएको बताए । उनले भने– नेपालको निर्णय विदेशी गर्छन् भने त्यसलाई रोक्न सक्नु पर्यो, नसक्ने हो भने पद छाड्नु पर्यो । यस्तो तालले त एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्न मिल्दैन ।’
पार्टीका विभागहरु गठन गरिएको विषयमा उत्पन्न विवादको सन्दर्भमा सन्चारकर्मीले राखेको जिज्ञासमा उनले विवाद गर्नेलाई नै यो प्रश्न सोध्नुस् मलाई होइन भनी आक्रोस पोखे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर