रामेछापमा टाटा सुमो दुर्घटना, ११ जना घाइते

१६ असार २०७६, सोमबार १६:२३ मा प्रकाशित

निरोज कुमार थापा, रामेछाप, १६ असार । रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ४ पकरबासमा टाटा सुमो दुर्घटना हुँद २ जना गम्भीर घाइते भएका छन् । जिल्ला सदरमुकाम मन्थलीबाट दोरम्बा हिडेको ना १ ज ६४४१ नम्बरको टाटा सुमो जीप पकरबासको भिमसेनस्थान नजिक दुर्घटना भएको हो । सडकबाट खसेर सुमो करिब ७५ मिटर तल बारीमा पुगेको छ ।

गम्भीर घाइते दुई जनालाई एम्बुलेन्स मार्फत काठमाडौँको ट्रमा सेन्टरमा ल्याईएको छ । वडा अध्यक्ष धनबहादुर मानन्धरका अनुसार टोकरपुरकी ३८ वर्षीय पवित्रादेवी थापमगर र सोही ठाउँकी ६८ वर्षीय पदमकुमारी थापाको अवस्था गम्भीर छ ।

घाईतेहरुमा टोकरपुरकै श्याम पहरी, मिनवहादुर पहरी, भिरपानीका ध्यानवहादर तामाङ्ग, पकरवासकी रमा तामाङ, सुमो चालक खाँडादेविका गोपि रायमाझी, मझुवाका अनिषा योन्जन र अनिता घिसिङ रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले