ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा ३ को मृत्यु, ७ घाइते

१६ असार २०७६, सोमबार १५:१७ मा प्रकाशित

सिरहा, १६ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका –११ मा ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा भ्यानमा सवार तीनजनाको मृत्यु भएको छ । सोमबार दिउँसो भएको दुर्घटनामा म्याजिकमा सवार सात जना यात्रु घाइते भएका छन् ।

ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानलाई सोही दिशातर्फ गइरहेको ना ८ ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ । मृत्यु हुनेमा दुई जना महिला र एक जना पुरुष रहेका छन् । उनीहरुको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर