संखुवासभा मुठभेड अपडेटः सेनाका हेलिकप्टर हवाई गस्तीमा

१६ असार २०७६, सोमबार १४:२९ मा प्रकाशित

संखुवासभा, १६ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच संखुवासभाको सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि सेनाका तीनवटा हेलिकोप्टर सिलिचोङ पुगेका छन् । अहिले ती हेलिकोप्टरले गोली हानाहान भएको क्षेत्रमा हवाई गस्ती गरिहेका छन । तीनै हेलिकोप्टरबाट काठमाडौँबाट सशस्त्र र नेपाल प्रहरीका ५० जना भन्दा धेरै जवान सिलिचोङ पुगेका छन् ।

हेलिकोप्टरले सिलिचोङ र मकालुवरुण जंगलमा गस्ती गरिरहेका हुन् । सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५÷२५ जनाको टोली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत संखुवासभा पुगेको हो ।

खाँदबारीबाट सशस्त्र प्रहरीको २० जनाको टोली पनि स्थल गस्तीमा छ । प्रहरी निरीक्षकको कमाण्डमा १७ जनाको टोली पनि परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ ।

घटनाको क्षतिको विषयमा प्रशासनले कुनै जानकारी दिएको छैन । सुरक्षा समितिको आकस्मिक बैठक बसेपनि कुनै निकायले दाहोरो हवाई फायरमा भएको क्षति भन्न मानेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

तेलअबिब । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड–