बिजुली बस किन्न ३ नम्बर प्रदेशले साझालाई दियो ३० करोड

१६ असार २०७६, सोमबार १४:१७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १६ असार । विद्युतीय बस खरिदका लागि ३ नम्बर प्रदेश सरकारले ३० करोड रुपैयाँ विनियोजन गरेको छ । साझा यातायातमार्फत बिजुली बस किन्न प्रदेश सरकारले बजेट छ्ट्याएको हो । साझा सहकारीमार्फत सञ्चालित साझा यातायातसँग मिलेर विद्युतीय बस सञ्चालन गर्न ३ नम्बर प्रदेश सरकारले उक्त रकम साझालाई नै दिएको हो ।

प्रदेश सरकारले उक्त रकम साझामा सेयरको रुपमा हालेको हो । सो रकम बराबरको चेक ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलासप्रसाद ढुङेलले साझाका अध्यक्ष कनकमणि दिक्षितलाई हस्तान्तरण गरेका हुन् ।

साझा सहकारीमा ललितपुर महानगरपालिकाले पनि २ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । ललितपुर महानगरले पनि बिजुली बस सञ्चालनकै लागि लगानी गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको

काठमाडौं । भारतको जयनगर–धनुषाको कुर्था खण्डमा यात्रुवाहक रेलसेवा सुरु गर्ने विषयमा नेपाल र भारतीय पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।