संसद सदस्यहरुको भिडियो प्रोफाइल सार्वजनिक

१६ असार २०७६, सोमबार १३:५८ मा प्रकाशित

काठमाडौँ, १६ असार । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको भिडियो प्रोफाईल तयार भएको छ । संसदका सम्माननीय तथा माननीय सदस्यहरुको भिडियो प्रोफाईल सार्वजनिक भएको हो । ६१ औं संसद दिवसको अवसरमा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरिएको हो ।

भिडियो प्रोफाइल सार्वजनिकका क्रममा सभामुख कृष्णबहादुर महराले सरकारको सबै प्रणालीलाई पेपर लेस गरि डिजिटलाइज्ड बनाउने अभियान अन्तर्गत नै सांसदहरुको भिडियो प्रोफाईल तयार पारिएको बताए । उनले सांसदहरुलाई सचिवालयले उपलब्ध गराउन लागेको ल्यापटपका बारेमा गलत प्रचार गर्न खोजिएको गुनासो गरे । मन्त्रीपरिषद् बैठकमा पेपर लेस गरि ल्यापटप प्रयोग गरिएजस्तै सांसदहरुलाई पनि संसदीय गतिविधिमा प्रयोग गर्ने गरि ल्यापटप दिन लागिएको स्पष्ट पारे ।

उपसभामुख शिबमाया तुम्बाहाङफेले संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल बनेको भन्दै खुसी व्यक्त गरिन् । उनले इतिहास लेख्ने र इतिहास खोज्ने सबैका लागि महत्वपुर्ण दस्तावेजका रुपमा भिडियो प्रोफाईल रहेको बताईन ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकको हरेक समस्या संसदबाटै समाधान हुन्छ भन्ने प्रमाणित गर्न सक्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१