शम्भु राईलाई लिएर प्रकाश सपुत किन पुगे अपराध महाशाखा ?

१६ असार २०७६, सोमबार १३:३९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १६ असार । चर्चित लोकदोहोरी गित ‘गलबन्दी’ का गायक प्रकाश सपुत गायक तथा सर्जक शम्भु राईलाई लिएर महानगरीय अपराध महाशाखा टेकु पुगेका छन । आफ्नो गीतसँग भाका मिलेको भन्दै गलबन्दीका सपुत र राईबीच सहमति भएपनि जातीय विवादमा मुछिएपछि उनीहरु प्रहरी अपराध महाशाखा पुगेका हुन ।

‘गलबन्दी’ को लय विवादको निहुँमा केहिले सामाजिक सञ्जालमा जातीय विभेद हुनेखालका धारणा राखेको र त्यसलाई केहि युट्युब च्यानलहरुले बढवा दिएको भन्दै उनीहरूलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गर्दै सपुत र राई अपराध महाशाखा पुगेका हुन ।

सुबास मंगोल नाम गरेका व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा जातीय सद्भाव भड्किने खालका धारणा राखेको र त्यसलाई नै आधार बनाएर केहि युट्युब च्यानलले भिडियो बनाएको प्रति आपत्ति जनाउदै सपुत र राईले संयुक्त रुपमा अपराध महाशाखामा उनीहरुबिरुद्द उजुरी दिएका हुन ।

‘हामिबीच सहमति भईसकेको छ, त्यहि पनि जातको कुरा झिकेर सामाजिक सद्भभाव बिथोल्ने काम भएको छ, त्यस्तो नहोस भनेर उजुरी दिन आएको हो’ उजुरी दिन आएका सपुतले भने ।

सुवास मंगोलले फेसबुकमा जातीय विवेद हुनेखालका टिप्पणी लेखेको र त्यसलाई नै आधार बनाएर फिल्मी कुरा, भाइरल क्रियसन नेपाल र टाइम्स खबर नेपालले भिडियो बनाएको भन्दै उनीहरु बिरुद्द उजुरी परेको छ ।

सुबास मंगोल र सन्जिब राईले प्रकाश सपूतलाई होच्याएर लेखेको टिप्पणी प्रति आपत्ती जनाउदै बिश्वकर्मा कलाकार मन्चले समेत उजुरी दिएको छ । मंचका अध्यक्ष कृष्ण बहादुर बिश्व कर्माद्वारा हस्ताक्षर गरिएको उक्त निबेदनमा सुवास मंगोल र सन्जिब राइले गरेको टिप्पणीले सामाजिक सद्भाव बिथोलिने भन्दै उनीहरुलाई कारबाहीको माग गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित अधिकार आयोग, महान्यायाधिवक्ताको कार्यालय, संसद सचिवालयलाई बोधार्थ गरि दिइएको निबेदन उपर कारबाही जारि रहेको प्रहरी स्रोतले जनाएको छ ।

‘उजुरी परेका युट्युब च्यानलहरुलाई सामाजिक सदभाब बिथोलिने किसिमका कन्टेन्ट भएका भिडियो हटाउनलाई निर्देशन दिईएपनि उनीहरुले अहिलेसम्म हटाएका छैनन’ अपराध महाशाखाका एक प्रहरी भन्छन, ‘आफुहरु प्रेस हो भनेर उनीहरुले त्यस्तो कन्टेन्ट हटाएका छैनन, निर्देशन नमाने साइबर क्राइम अन्तर्गत रहेर कारबाही थाल्छौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ

काठमाडौं । गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

काठमाडौं । बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान