प्रधानमन्त्रीले भने,‘वायु सेवा निगममा सरकारले १ रुपैयाँ लगानी गर्दैन’

१६ असार २०७६, सोमबार १२:२८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगममा सरकारले लगानी गर्न नसक्ने बताएका छन् । निगमको नेतृत्वप्रति कडा रुपमा प्रस्तुत हुँदै प्रधानमन्त्रीले अहिलेकै अवस्थामा नियमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ पनि नदिने बताएका हुन् ।

आईतबार नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सवमा प्रधानमन्त्रीले निगमका कार्यकारी अध्यक्ष मदन खरेलप्रति लक्षित गर्दै व्यवस्थापन नसुधारेसम्म सरकारले निगममा एक रुपैयाँ पनि लगानी नगर्ने प्रष्ट पारे ।

‘वायु सेवा व्यवस्थापनले जहाज किन्ने तर उडाउन नसक्ने अनि घाटामा छ भनेर सरकारसँग पैसा कहिलेसम्म मागिरहने ?’ ओलीले प्रश्न गरे । उनले थपे, ‘जहाज छन् तर उडाउने पाइलट छैनन् । गन्तव्य छैन । कहाँ उडाउने टुंगो छैन । भद्रगोल व्यवस्थापन छ । यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्यो । आफैं सक्ने भए छिटो गर्न पर्यो ।’

‘गर्नुपर्ने काम नगर्ने अनि यति र उति अर्ब चाहियो भन्दैमा सरकारले पैसा दिदैन, यसका लागि सुव्यवस्थापनको ग्यारेन्टी चाहिन्छ’ निकै आक्रामक देखिएका प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार