भारतीय ‘किलर’लाई १२ लाख दिएर आमाको हत्या !

१६ असार २०७६, सोमबार १२:१८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १६ असार । भक्तपुरमा हत्या गरिएकी सावित्री भट्टराईको हत्यामा छोरीको संलग्नता पाईएको छ । आइतबार चाँगुनारायण नगरपालिका ७ बाँसबारीस्थित छोरी ईश्वरी भट्टराईको घरमा घाँटी रेटेर हत्या गरेको अवस्थामा सावित्रीको शव भेटिएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाले सावित्री हत्यामा संलग्न चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सावित्रीकी छोरी ईश्वरी भट्टराईसहित मोहम्मद नौसाद, अर्जुन कुमार भन्ने भोला कुमार र मोहम्मद रहिश रहेका छन् ।

ईश्वरी भट्टराईले प्रेमी मोहम्मद नौसादसंगको प्रेम सम्बन्ध आमाले थाहा पाएपछि हत्याको योजना बुनेको भेटिएको छ । उनले आमाको हत्या गर्न भारतीय ‘कन्ट्राक्ट किलर’ मोहम्मद रहिशलाई बोलाएर १२ लाखको सुपारी दिने सहमति गरेका थिए ।

हत्या गरिएकी सावित्रीको घर सिन्धुपाल्चोक भए पनि पछिल्लो समय उनी छोरी इश्वरीको घरमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१